भीरबाट लडेर नेकपा नेताको निधन

कालिकोट-  कालिकोट जिल्लाको पलाँता गाउँपालिका ७ गडवालीका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता जीरबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको छ ।

स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट पलाँता गाँउपालिका- ७ को वडा अध्यक्षका उम्मेद्वार उनी आइतबार राती पलाँताको दुर्सिबाट घर जाने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?