रवी लामिछानेदेखि रामकृष्ण ढकालसम्मः२०१९ मा डिभोर्स गरेका चर्चित नेपाली जोडी, सम्बन्ध जोगाउने कसरी ?

appharu
0
Shares

काठमाडौं । सम्बन्ध, नाता, साईनो परिवार, आफन्त, साथीभाई, ईष्टमित्र मानव जीवनका अभिन्न पाटोहरु हुन् । अझ भनौँ संसारमा जे जति कुराहरु छन् तिनीहरुसँग कुनै कुनै माध्यमबाट हाम्रो सम्बन्ध जोडिएको हुन्छ । केहि सम्बन्धहरु आफैँ जोडिएका हुन्छन् भने केहि सम्बन्धहरु हामी आफैले जोड्नुपर्छ ।

संसारमा भएका प्रत्येक चिजहरुसँग हाम्रो सम्बन्ध हुन्छ, प्रत्येकको आ-आफ्नै भुमिकामा सम्बन्ध रहन्छ । तर अन्य कुराहरुलाई भन्दा मानवले-मानवसँग गर्ने सम्बन्ध भने गहिरो हुने गर्छ । मानव-मानव बीचमा अनेक तरहका सम्बन्ध हुने गर्छन् ।

तिनै सम्बन्ध पनि कसैले जीवनभर बनाईराख्छ त कसैको क्षणिक मात्र हुने गर्छ । अन्य सम्बन्धहरु भन्दा पतिपत्नीबीचको सम्बन्धलाई जोगाइराख्न मुश्किल पर्छ । कसैको सहजैसँग जीवन कट्छ त कसैको बीच बाटोबाटै सम्बन्ध बिच्छेद भएर अलग हुनुपर्छ ।

सम्बन्धविच्छेदका घटना एक हिसाबमा भन्नुपर्दा पतिपत्नीबीचको असमझदारी र मन नमिल्दा हुने गर्छन् । कठिनाईलाई पन्छाउन नसक्दा र समस्यासँग जुध्न नसक्दा उनीहरुको बीचमा मनमुटाव हुने गर्छ । उक्त कुराले अन्त्यमा गएर भयानक रुप लिन्छ र सम्बन्ध बिच्छेद हुन्छ । एक अध्ययनका अनुसार मानिसहरुको हरेक एक सेकेण्डमा एउटा सम्बन्ध बिच्छेद हुने गर्छ ।

अझ हाम्रो समाजमा त बुबाआमाले राजेको र खोजेको केटाकेटीसँग विवाह गर्ने गरिन्छ । बिना चिनजान भएको विवाहले केहि समयका लागि त खुसी दिन्छ नै तर कालान्तरमा गएर मनमुटाव शुरु हुन्छ र सम्बन्धमा तुषारापात हुन्छ । तर त्यसरी जोडिएका सबै सम्बन्धहरु एकै किसिमका हुँदैनन् पनि ।

प्रेम गरेर गरिएका विवाह पनि सबै एकै किसिमका हुँदैनन् । प्रेम गरेपछि जोडिएका वैवाहिक सम्बन्ध पनि केहि न केहि कारण टुटेका उदाहरणहरु छन् । वर्ष २०१९ हामीबाट बिदा हुने तरखरमा छ ।

यो वर्ष नेपालका चर्चित जोडीको सम्बन्ध बिच्छेद भयो । शुरु गरौँ भर्खरै मात्र सम्बन्धविच्छेद गरेका चर्चित गायक रामकृष्ण ढकाल र नीलम शाहको जोडीको प्रसंगबाट ।

यी हुन् वर्ष २०१९ मा सम्बन्ध बिच्छेद भएका ३ चर्चित सेलिब्रेटीहरु

रामकृष्ण ढकाल र नीलम शाह

पौष ८ गते मंगलवार दिउँसो एकाएक सामाजिक सञ्जाल गायक रामकृष्ण ढकालमय बन्यो । कारण थियो, गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहको डिभोर्सको प्रसंग ।

यी जोडीको सम्बन्धबिच्छेद भएको देख्दा सबै अचम्ममा परे । सञ्चारमाध्यमका समाचारमा कतिले त हावा र अफवाह फैलाएको भन्दै बिश्वास नै गरेनन् । तर बुधवार जिल्ला अदालत काठमाडौंले उनीहरु बीचको सम्बन्ध बिच्छेद दुबैको सहमतिमा भएको फैसला सुनाएको थियो ।

नीलमले गएको मंगलवार जिल्ला अदालत काठमाडौंमा ढकालसँग सम्बन्ध बिच्छेद गरि पाउँ भन्दै उजूरी दर्ता गरेकी थिइन् ।

गायक ढकालले केहि समय अगाडि सहकारीबाट ऋण लिएर घर किनेका थिए । योसँगै उनी चर्चाका साथै विवादमा आएका थिए । अहिले धेरैले यहि ऋणको कारण उनीहरुले बाहिर देखाउन छुटेको नाटक गरेको भनेर समेत टिप्पणी गरेका छन् ।

गायक ढकालले व्यस्तताका कारण घरमा समय दिन नसकेको भएर नै सम्बन्ध बिच्छेद गरेको नीलमले अदालतमा बुझाएको निवेदनमा लेखिएको थियो । उनीहरुबीचको १७ वर्षको लामो सम्बन्ध बिच्छेद भएको छ । उनीहरुले वि.सं २०५९ सालमा प्रेम विवाह गरेका थिए ।

रवि लामिछाने र ईशा लामिछाने

न्युज २४ टेलीभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनकी पत्नी ईशा लामिछानेले पनि वर्ष २०१९को शुरुवातमा डिभोर्स गरेका थिए । उनीहरुले जनवरी महिनामा २४ वर्ष लामो वैवाहिक सम्बन्ध बिच्छेद गरेका हुन् ।

वर्षौसम्मको मतभेद, अलग बसाई र लामो समयसम्म पनि ईशाले बोल्न नखोजेपछि आफूले सम्बन्ध बिच्छेद गरेको रविले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बताएका थिए । ईशा र रविका दुई छोरीहरु छन् । उनीहरु पनि अमेरिकामा नै अध्ययन गरिरहेका छन् । रविले आफूसँग भएको सबै सम्पति ईशालाई दिएको पनि स्टाटसमा उल्लेख गरेका थिए । तर ईशाले भने अर्कै महिलासँग लागेर आफूसँग सम्बन्ध बिच्छेद गरेको बताएकी थिइन् ।

सम्बन्ध विच्छेदको केहि समयपछि चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसँग कोर्ट म्यारिज गरेका उनले पछि विवाह गरेका हुन् । उनीविरुद्ध केहि महिना अगाडि मात्र पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । अदालतले उनलाई पाँच लाख धरौटीमा रिहा गरेको थियो ।

लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग नामक कार्यक्रम चलाउँदै आएका उनले केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन गर्दै द लिडर नामक कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।

छवि ओझा र शिल्पा पोख्रेल

चलचित्र निर्देशक छवि ओझा र नायिका शिल्पा पोख्रेलको बि.सं २०७३ को दशैँताका गोप्य रुपमा विवाह भएको थियो । तर उनीहरुको वर्ष २०१९ को साउनमा सम्बन्ध बिच्छेद भएको थियो ।

निर्माता ओझाले कानको जाली फुट्ने गरि पिटेको र धेरै पटक शोषण गरेको भन्दै नायिका पाख्रेलले अदालतमा उजुरी हालेकी थिइन् । शिल्पाले अब ओझासँग बस्न नसक्ने भनेर अदालतमा उजुरी दिएपछि उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो ।

उनीहरुले कानुनीरुपमा विवाह गरेको ६ महिना नबित्दै सम्बन्ध बिच्छेद गरेका थिए । छवि र शिल्पाको सम्बन्ध सकिनुमा उमेर र शंकाको कारण देख्नेहरु पनि धेरै छन् ।

भावनात्मक र शारीरिक रूपमा जोडिएका सम्बन्धलाई बाहिर निकाल्न निकै गाह्रो हुन्छ । सम्बन्ध अगाडि बढ्न नसकेको अवस्थामा पनि हामी आफूलाई कसरी खुसी राख्ने र सम्बन्ध कायम राखिरहने उपायको खोजीमा रहन्छौँ । यस्ता उपायको खोजी गर्ने क्रममा हामी अधिकांश गलत बाटो समातिरहेका हुन्छौँ, जसका कारण सम्बन्ध कायम रहन सक्दैन ।

यसरी टिकाउनुस् सम्बन्ध

-अरु मानिसले के भन्लान् भन्ने सोच्नु हुँदैन ।

-कसलाई के कुरा मन पर्छ त्यो खुलेर एकअर्कामा राख्न सक्नुपर्छ ।

-आफू बाहिर कतै घुम्न गएको छ भने फर्कँदा मनपर्ने कुरा किनेर ल्याईदिनुपर्छ ।

-कतै बाहिर निस्कँदा बेलाबेलामा फोन गरिराख्नुपर्छ ।

-अफिसमा छ भने बेलाबेलामा फोन गरेर खाजा तथा खाना खाए नखाएको सोध्ने गर्नुपर्छ ।

-छरछिमेकले कुरा काट्लान भनेर सोच्नु हुँदैन ।

-आइपरेका समस्याहरु मिलेर समाधान गर्नुपर्छ ।

-एकअर्कामा कुराहरु शेयर गर्नुपर्छ ।

-बहिरका मान्छेलाई घरका कुरा सुनाउन हुँँदैन ।

-एक अर्काले एकआपसमा समय मिलाएर घुम्न जाने तथा सँगै बस्ने गर्नुपर्छ ।

-एक अर्काले सम्बन्धलाई गाढा बनाउन जे छ, त्यसमै सन्तोष बन्न सक्नुपर्छ ।

-यो भन्दा राम्रो मलाई हुनै सक्दैन भन्ने भावना मनमा राख्नु पर्छ ।

-एकआपसमा मीठो गरेर बोल्नु पर्छ ।

-पतिपत्नीमा सम्बन्धलाई मीठो बनाइराख्न एक अर्काले गरेको कामको तारिफ गर्नुपर्छ ।

-शंकाको वातावरण सिर्जना गर्नुहुँदैन ।

-समस्या आईपरे, रोगी भए, दिर्घकालीन रोग लागेपनि माया ममतासँगै बाँच्नुपर्छ ।

-एक अर्कालाई सम्मानसहितको प्रेम गर्नुपर्छ ।

-एक अर्काको सपना साकार पार्न जतिसक्दो लाग्नुपर्छ ।

-दुई जनाबिचको सम्बन्धमा परिवारका अरु सदस्यको कारण देखाई वैमनश्यता सिर्जना गर्नु हुँदैन ।

-हतारमा निर्णय लिँदा फूर्सदमा पछुताउनुपर्छ । विवाह, सम्बन्ध, करिअर जस्ता कुराहरुमा निर्णय लिँदा निकै सुझबुझसाथ अभिभावकको

-सल्लाहमा मात्रै निर्णय लिनुपर्छ ।

-सम्झनुहोस् उ विना तपाई पूर्ण हुनुहुन्न र तपाईविना उ ।

-सम्बन्धमा जब विकल्प खोज्न थाल्नुभयो तब सोच्नुहोस् तपाईले नराम्रो बाटो पक्रिनुभयो ।

सबै तस्बिरहरु सामाजिक सञ्जालबाट ल्याइएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?