यी हुन् आईपीएलका अहिलेसम्मकै महंगा १० खेलाडी

appharu
0
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को वर्ष २०२० का लागि खेलाडी मनोनयन गर्ने समय सकिएको छ । यो सँगै यस वर्षको सबैभन्दा महंगा खेलाडीको रुपमा अष्ट्रेलीयाका पेट कमिन्सको नाम रहेको छ । उनलाई कोलकता नाइट राइडर्सले भारतीय १५ करोड ५० लाखमा किनेको छ । तर आज हामी आईपीएलमा अहिलेसम्मकै महंगा १० खेलाडीको बारेमा चर्चा गर्नेछौं ।

१. युवराज सिंह

२०१५ को आईपीएलमा डिल्ली डेयरडेबिल्सले युवराज सिंहलाई १६ करोडमा किनेको थियो । उनी आईपीएलमा अहिले सम्मकै महंगा खेलाडी हुन् । ‘साथै उनी २०१४ को आईपीएलका पनि महंगा खेलाडी हुन् । २०१४ मा उनलाई ब्यांग्लोरले १४ करोडमा किनेको थियो ।

२. पेट कमिन्स

पेट कमिन्स अष्ट्रलीयन क्रिकेटर हुन् । उनी दायाँ हाते मध्यम तीब्र गतिका बलर हुन् । साथै उनी दाँया हाते ब्याट्सम्यान पनि हुन् । उनी यो वर्षको आईपीएलमा कोलकता नाइट राइडर्सबाट खेल्दै छन् । उनाई कोलकताले १५ करोड ५० लाखमा टीममा भित्राएको हो । उनी यो वर्षको आईपीएलका सबैभन्दा महंगा खेलाडी हुन् ।

३. वेन स्टोक्स

आईपीएल २०१८ मा राजस्थान रोयल्सले बेन स्टोक्सलाई १२ करोड ५ लाखमा किनेको थियो । साथै उनी २०१७ मा पनि सबैभन्दा महंगा खेलाडी थिए । यो वर्ष भने राइजिङ पुणेले उनलाई १४ करोड ५ लाखमा किनेको छ । उनी इंग्ल्याण्ड राष्ट्रिय टीमका खेलाडी हुन् ।

४. रविन्द्र जडेजा

२०१२ को आईपीएलका स्टार मानिन्थे रविन्द्र जडेजा । उनलाई उक्त सिजनमा चेन्नई सुपरकिंंग्सले १२ करोडमा किनेको थियो ।

५. गौतम गम्भीर

कुनैबेला भारतीय टीममा ओपनर ब्याट्स्म्यानको भुमिका निर्वाह गर्नै गौतम गम्भीर भारतीय टीमका भरपर्दा खेलाडी मानिन्थे । उनलाई २०११ को आईपीएल सिजनमा कोलकता नाइट राइडर्सले ११ करोड ४ लाखमा किनेको थियो ।

६. केवीन पीटरसन र एन्ड्रयु फिल्टफ

आईपीएल २००९ को सिजनमा केवी पिटरसनलाई ब्यांग्लोरले ९ करोड ८ लाखमा किनेको थियो । साथै एन्ड्रयु फिल्टफ पनि ९ करोड ८ लाखमै किनिएका थिए । साथै २००८ मा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई चेन्नई सुपरकिंग्सले ९ करोड ५ लाखमा किेको थियो ।

७. शेन वाट्सन

आईपीएल २०१६मा रोयल च्यालेन्जर्स ब्यांग्लोरले शेन वाट्सनलाई ९ करोड ५ लाखमा किनेको थियो । वाट्सनले उक्त सिजनमा १६ खेल खेलेका थिए । उनले १७९ रन र २९ विकेट लिएका थिए । उनी अष्ट्रेलीयन क्रिकेटर हुन् ।

८. जयदेव उनादकट र बरुण चक्रवर्ती

ज्यदेव उनादकट र बरुण चक्रवर्ती २०१९ को आईपीएलमा ८ करोड ४ लाखमा किनिएका थिए । जयदेवलाई राजस्थान रोयल्सले किनेको थियो भने,बरुण चक्रवर्तीलाई किंग्स इलेवन पञ्जाबले किनेको थियो ।

९. ग्लेन म्याक्स्वेल

ग्लेन म्याक्स्वेल अष्ट्रेलीयन खेलाडि हुन् । उनी पनि २०१३ को आईपीएलमा ५ करोड ३ लाखमा मुम्बई इण्डियनमा आएका थिए । तर उनले उक्त सिजनमा जम्मा ३ खेल मात्र खेलेका थिए ।

१०. कीरोन पोलार्ड

२०१० मा वेस्टइन्डिजका कीरोन पोलार्डलाई मुम्बई इन्डियनले ३ करोड ५ लाखमा किनेको थियो । उनी २०१० का स्टार खेलाडीको रुपमा चर्चित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?