प्रिमियर लिगमा चेल्सी, युनाईटेड, आर्सनल र सिटी विजयी

काठमाडौं, ७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् शनिबारराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्वेरोले ह्याट्रिक गरे त्यसैगरी म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्‍यो । युनाइटेडको जितमा एन्थोली मार्सियालले निर्णायक गोल गरे शनिबारराति नै भएको पहिलो खेलमा चेल्सीले ब्रिगटन एन्ड होभ अल्बियनलाई ४–० ले पराजित गर्‍यो । चेल्सीका लागि इजेन हाजार्डले २ गोल गरे भने विलियन र भिक्टर मोसेसले एक एक गोल गरेका थिए शनिबाररातिका अन्य खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले हरायो भने लेस्टर सिटीले वार्डफोर्ड र स्टोक सिटीले हडल्र्सफिल्डलाई समान २–० ले पराजित गरे एभर्टन र वेस्टब्रोम तथा वेस्टह्याम युनाइटेड र एएफसी बर्नमाउथबीचको खेल भने १–१ गोलको बराबरीमा टुंगिएका छन् गएरातिका खेलपछि म्यानचेस्टर सिटी २४ खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ५३ अंक जोडेको युनाइटेड दोस्रो, ५० अंक रहेको चेल्सी तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?