अमिताभ बच्चनले भावुक हुँदै किन यसो भने ?

एजेन्सी । बलिउड महानायक अमिताभ सिने क्षेत्रकै सर्वोत्कृष्ट अवार्ड दादा साहेब फाल्के अवार्ड पाउँदा भावुक भएका छन् । बच्चनले फिल्म क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट अवार्ड दादा साहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो ।

राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ केविन्दले उक्त अवार्ड दिएर उनलाई सम्मान गरेका हुन् । सम्मान समारोहमा जया बच्चन तथा अभिशेक बच्चन पनि उपस्थित भएका थिए । राष्ट्रपतिसँगको सम्मान कार्यक्रपछि अमिताव बच्चने सबैलाई आभार प्रकट गरेका थिए ।

उनले सबैको अगाडि यो सम्मान आफ्नो लागि महत्वपूर्ण भएको भन्दै खुसी प्रकट गरेका थिए । उनले आफ्नो नाम यो अवार्ड लिनको लागि बोलाउँदा अब फिल्म क्षेत्रमा आफ्नो सकिएको जस्तो मनमा लागेको पनि सुनाएका थिए । तर उनले अझै पनि फिल्म क्षेत्रमा आफूले धेरै काम गर्न बाँकि रहेको बताएका छन् ।

उनले आफ्नो खुसी ब्लगमार्फत् पोखेका छन् । उनले ब्लगसँगै अवार्ड लिँदा समयका पारिवारिक तस्बिर पनि सेयर गरेका छन् । उनले लेखेका छन्, “हामी सबैको जीवनमा त्यस्तो समय हुन्छ जब हामी विगतका, बितिसकेका कुरामा आत्मग्लानी नगरी आत्मसात गरिरहेका हुन्छौँ । जब समयले तपाईंलाई झक्झकाउँछ तब तपाईं आश्चर्यचकित पर्नुहुन्छ कि तपाईं वास्तवमै जेठो हुनुहुन्छ कि हुनुहुन्न रु एकाएक स्वभावले अस्तित्वलाई आक्रमण गर्छ र त्यहाँ एउटा मौन विचारले हामीलाई भन्छ कि तिनीहरूसँग केही गर्नुपर्दैन…. यी चित्रहरूले यो सबै भन्छन् ।”

“मैले पाएको परिचयका लागि म गौरवान्वित छु.. मेरो पेसालाई मिलेको परिचयका लागि म अभारी छु… म मेरो देश र चलचित्र क्षेत्रका लागि यो अत्यन्त हर्षको कुरा हो,” उनले थपे ।

अमिताव बच्चनसहित अहिलेसम्म यो अवार्डले ५० जनालाई सम्मानित गरिसकिएको छ । गत २३ डिसेम्बरमा दिनुपर्ने यो सम्मान अमितावको अस्वस्थताका कारणले सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?