२२ जेष्ठ २०८०, सोमवार

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

२०७४,भाद्र,३०,शुक्रवार ०८:३३

0
Shares

पोखरा, ३० भदौ ।बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए ।पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु. तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०८:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र

चितवन । चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ

काठमाडौं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१