ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

पोखरा, ७ माघ । ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ पोखराको पूmलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्व्विद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले रु दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?