ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

एन्फाले चौथो चरणका सम्पुर्ण खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गर्न लागेको हो ।

न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबबीचको पहिलो खेल साढे ११ बजे सुरु हुँदैछ ।  दोस्रो खेल फ्रेन्ड्स र पुर्व च्याम्पियन मनाङबीच दिउँसो ३ बजे हुँदैछ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० (पर्यटन बर्ष) दशरथ रंगशालामा मनाउने भएपछि दुबै खेल एन्फा मैदानमा हुने भएको हो ।

मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । एनआरटीले तीन खेलबाट ४ अंक जडेको छ ।

यता, लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ अंक रहेको छ । फ्रेन्ड्सले भने अंक जोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?