सातै प्रदेशका सांसदको सपथ ग्रहण आज, कुन समयमा कहाँ ?

काठमाडौं, ७ माघ । प्रदेशको अस्थायी मुकाममा आज सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण हुँदैछ मुलुक संघीयतामा प्रवेश गरेपछि आज हुन लागेको सातवटै प्रदेशसभा सांसदहरुको सपथ ग्रहण नेपालको इतिहासमा पहिलो हो सपथ ग्रहणपछि प्रदेशहरुको गठन र कार्य औपचारिकहरुमा सुरु हुनेछ प्रदेशका सांसदहरुले सपथ ग्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न विधेयकहरु पारित हुने लगायतका कामहरु अगाडि बढ्नका लागि बाटो खुल्ने छ तर, यी प्रक्रियाहरु पूरा गर्न र विशेष गरी मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि अझै केही साता लाग्ने भएको छ सुरुमा सम्बन्धित प्रदेशका प्रदेश प्रमुखले प्रदेश सांसदहरुमध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् । अन्य सांसदहरूले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् सातवटै प्रदेश मुख्यालयमा छुट्टा–छुट्टै समयमा सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ गत मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० गरी कुल ५५० प्रदेश सांसदहरु निर्वाचित भएका थिए प्रदेश १ मा नेपाली कांग्रेसबाट निर्वा्चित झापाका ७४ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बाबाट सबैभन्दा पहिले सपथ लिनेछन् प्रदेश २ को सपथ ग्रहण समारोह प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार बिहान पदभार सम्हाल्नेछन् र त्यसलगत्तै उनले प्रदेश सांसदलाई शपथ गराउने कार्यक्रम छ प्रदेश ३ मा बिहान ११ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा प्रदेश सांसदहरुको सपथ र पहिलो बैठक बस्ने छ प्रदेश ४ को सपथ ग्रहण कार्यक्रम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहणपछि सपथ ग्रहणको कार्यक्रम हुनेछ प्रदेश ५ को सपथ ग्रहण कार्यक्रम बुटवलस्थित रूपन्देही व्यापार संघको सभाहलमा हुनेछ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले बिहान १० बजे प्रदेश प्रमुखको पदभार सम्हालेपछि सम्बन्धित प्रदेशका सांसदहरूलाई शपथ गराउने कार्यतालिका छ प्रदेश ६ को सपथ ग्रहण समारोह बिहान ११ बजेपछि जिल्ला समन्वय समिति सुर्खेतको हलमा राखिएको छ । साथै बिहान १० बजे प्रदेश प्रमुख दुर्गाकेशर खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको कार्यालयमा पदभार ग्रहण गर्नेछन् प्रदेश ७ को सपथ ग्रहण समारोह कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बिहान ११ बजेपछि राखिएको छ । त्यसअघि प्रदेश प्रमुख मोहनराज मल्लले पदभार सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?