बालिका बलात्कृत, अभियुक्तले विष पिएपछि…

मोरङ । मोरङस्थित लेटाङमा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छिन् । उनलाई स्थानीय २२ वर्षीय प्रकाश राईले बलात्कार गरेको खुलासा भएको छ । राईले शनिबार राति बालिकालाई सोही ठाउँमा रहेको आफ्नो डेरामा बोलाएर बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

बलात्कारको विषयमा बालिकाले अभिभावकलाई सुनाएपछि घटना बाहिरिएको थियो । परिवारले घटनामा संलग्नका विरुद्ध किटानी जाहेरी दिएका थिए ।

अभियुक्त भनिएका राईले घटना बाहिरे लगतै विष सेवन गरेर आत्माहत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवत्ता डीएसपी मानबहादुर राईका अनुसार घटना बाहिरिएपछि प्रकाशले आइतबार बिहान बालीमा लाग्ने किरा मार्न प्रयोग गरिने मेटासिट नामक विषादी सेवन गरेर आत्माहत्या प्रयास गरेका हुन् ।

राईले विष सेवन गरेको खवर पक्राउ गर्न बाटोमा जाँदै गरेको प्रहरी टोलीले थाहा पाएको डीएसपी राईले बताए। विष सेवन गरेका प्रकाशलाई प्रहरीले तत्काल उद्धार गरी विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याएको थियो ।

प्रकाशको अवस्था सामान्य र खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपचार ठीक भएपछि कारबाही अघि बढाउन प्रकाश विरुद्ध जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाकोे विस्तृत अनुसन्धान गरिने जानकारी डीएसपी राईले दिए ।

बलात्कारबाट पीडित बनेकी बालिकाको विराटनगरकै कोसी अस्पतालमा सामान्य उपचार र स्वास्थ्य परीक्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?