कहिले पक्राउ पर्लान् कृषक दम्पतीका हत्यारा ?

बारा, ७ माघ- बाराको जितपुरसिमरा उपमहानगरपालिका बजनीमा करिब दुई महिनाअगाडि सुवेदी दम्पतीको हत्या भयो । तर, अहिलेसम्म प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छैन । सुवेदी दम्पतीको गत मंसिर १५ गते राति हत्या भएको थियो । श्रीमान् दीपकको गोठछेउको परालको कुन्युमा र उनकी श्रीमती दीपाको गोठभित्रै शव फेला परेको थियो, नयाँ पत्रिकाका  लेख्छ -व्यावसायिक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक र उनकी ३२ वर्षीया श्रीमती दीपाको घरेलु चक्कु र बाँसका भाटाले प्रहार गरेर हत्या भएको थियो । बजनी टोलदेखि पाँच सय मिटर पश्चिममा रहेको गाई पाल्ने गोठमा घटना भएको हो । दीपक र दीपा अन्य दिनजस्तै शुक्रबार पनि घरनजिकैको गाई फारममा सुतेका थिए उनीहरूका छोराछोरी भने घरमै थिए । गाई फारम घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा छ । हत्यापछि हत्यामा संलग्नहरू गाई फारमको पछाडिबाट भागेको हुन सक्ने प्रहरीको भनाइ छ बाराका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट कुकुर मगाएर अनुसन्धान सुरु गरिएको बताए । अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पनि सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?