कटुवा पेस्तोलसहित एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका हुन् ।

बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्रि सेट २ थान , जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ ।

हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?