उपत्यकामा इन्फ्लुएन्जाका बिरामी बढे

काठमाडौँ, ७ माघ -उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण देखापर्ने बिरामी बढ्न थालेका हुन् हिउँद महिना सुरु भएदेखि गर्मी नबढ्दासम्म इन्फ्लुएन्जा भाइरस फैलन सक्ने सम्भावना बढी भएकाले सतर्क रहन पनि चिकित्सकले आग्रह गरेका छन् । मौसमी रुघाखोकीका रूपमा देखिने इन्फ्लुएन्जा भाइरसले सुरुमा श्वासप्रश्वासमा आक्रमण गर्ने गर्दछ, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?