६ ग्याँस उद्योग सहित ३ सिमेन्ट कारखाना कारबाहीमा, कुन कुन परे ?

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको बजार अनुगमनबाट बिभिन्न ३ सिमेन्ट उद्योगसहित ६ वटा ग्याँस उद्योग कारबाहीमा परेका छन् । विभागले बिभिन्न समयमा बजार अनुगमन गरि संकलित नमुनाहरुलाई प्रयोगशालामा परिक्षण गराउँदा नेपाल गुणस्तर नपाएकाले कारबाही गर्न लागेको हो । नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कानुनी कारवाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

नियमावली अनुसार कारबाहीमा पर्नेमा होङसी सिमेन्ट प्रालि (नवलपरासी), वृज सिमेन्ट ई प्रा.लि. (रुपन्देही) तथा युनाइटेड सिमेन्ट प्रा.लि. (धादिङ)लाइ कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । त्यससँगै बिभिन्न ६ ग्याँस उद्योग समेत कारवाहीमा परेका छन् । एभरेष्ट ग्याँस उद्योग (चाल्नाखेल- काठमाडौं), श्रीकृष्ण ग्याँस उद्योग (धादिङ), साईवावा ग्याँस उद्योग (चितवन), भानु ग्याँस उद्योग (कुरिनटार-चितवन), त्रिवेणी ग्याँस उद्योग (धादिङ) तथा क्याबसन्स ग्याँस ई प्रा.लि. (धादिङ)लाइ कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले सिमेन्ट तथा ग्याँस उद्योगमा आकस्मिक निरीक्षण तथा अनुगमन गर्दा कैफियत भेटिएकाले कारबाही प्रक्रिया अगाडी बढाएको हो । विभागले पौष १३ गते आइतवार एक विज्ञप्ती जारी गर्दै कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?