सूचना प्रविधि विधेयक बहुमतले पारित

काठमाडौं । विकास तथा प्रविधि समितिबाट सूचना प्रविधि विधेयक बहुमतले पारित भएको छ । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज बसेको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित भएको हो।

लामो सयदेखि विवादका कारण यो विधेयक पारित हुन सकेको थिएन । बहुमतले परित भएको विधेयकका केही दफा संशोधन भएको छ । कैद जरीवाना बढाइएको छ। विधेयकमाथि कांग्रेसले साइबर बुलिङलगायत पाँच विषयमा फरक मत पेश गरेको छ। सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि नेपाली कांग्रेसले असहमती जनाएका छ ।

अरु देशले बनाएको कानुन अनुसार कानून सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । उनले विकृतिहरूको नियमन गर्न कानून बनाएको प्रस्ट पारेका छन् । पारित विधेयक अव संसदमा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?