रामचन्द्र पौडेल पक्षको निर्णयले देउवा तनावमा

काठमाडौँ — विधानविपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्‍याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पनि पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत गठन भएको भन्दै भंग गरी विधानअनुसार निर्माण गर्नुपर्ने माग अघि सारेको छ । यो मागमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षसमेत जोडिएको छ । सिटौला पक्षले पनि विधानविपरीतको अभ्यास गर्न नहुने भन्दै सभापतिलाई विधानसम्मत रूपमा चल्न आग्रह गर्दै आएको छ कान्तिपुर दैनिकले खबर छापेको छ  केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमै विधानविपरीत गठन भएको समितिमा आफू नरहेको घोषणा गरेका थिए । समिति नै विवादमा परे पनि सभापति देउवाले तत्काल भंग गरेर नयाँ समिति बनाउने सम्भावना कम रहेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए विकल्पमा देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेताहरू बोलाएर उम्मेदवार चयन गर्ने विषयमा छलफल थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?