लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा अवैध कलेजलाई धमाधम सम्बन्धन

काठमाडौँ, ७ माघ – लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुनी आधार पूरा नगरेका कलेजलाई समेत सम्बन्धन दिने गरेको पाइएको छ । विश्वविद्यालयले गत चैतसम्म सम्बन्धन दिएका १३ कलेजमध्ये ८ कलेज कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता छैनन् शिक्षा मन्त्रालयले गत वर्ष विश्वविद्यालय अनुदान आयोगमार्फत गराएको लुम्बिनी बौद्ध विश्वविद्यालयसम्बन्धी अध्ययन प्रतिवेदनले सम्बन्धन प्राप्त संस्था (कलेज) हरू अवैध देखाएको हो । प्रतिवेदनअनुसार लोटस एकेडेमी कलेज, सुगत बौद्ध महाविद्यालय, थेराबाद बुद्ध एकेडेमी, बौद्ध बहुमुखी क्याम्पस, ग्लोबल कलेज अफ इकोनोमिक्स एन्ड बिजनेस स्टडिज, स्वरिग्पा इन्टरनेसनल कलेज कानुनअनुसार दर्ता छैनन् प्रा. उपेन्द्रबहादुर प्रधानांग संयोजक रहेको अध्ययन समितिले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र लुम्बिनी एकेडेमिक कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडिजको पनि कानुनी हैसियत नदेखिएको जनाएको छ । ग्लोबल कलेजबाहेक सबै कलेजले ०६८ मै सम्बन्धन लिएका छन् । ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले कानूनबमोजिम संस्थापित क्याम्पसका अतिरिक्त कतै दर्ता नै नभएका, कानुनी अस्तित्व नभएका क्याम्पसलाई समेत सम्बन्धन दिएको देखिन्छ यस्तो कार्य सम्बन्धन दिने तथा लिने दुवै पक्षका लागि गैरकानुनी हुन जान्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘विश्वविद्यालय आफ्नो शैक्षिक कार्यक्रमको सम्बन्धन उपयुक्त तरिकाबाट दिन पाउने आधिकारिक विश्वस्तरीय निकाय हो, न कि कुनै संस्थालाई अनियमित रूपमा वैधानिकता प्रदान गर्ने ।’ सरकारको उच्च शिक्षा नीतिको पालना नगरी विश्वविद्यालयले सम्बन्धन दिएको छ कुनै शैक्षिक कार्यक्रम नै सुरु नगरेका कलेज र शैक्षिक संस्थालाई समेत एकैपटक आवेदकले चाहेको संख्यामा सम्बन्धन दिएको पाइएको छ , कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?