काठमाडौं । अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको थुनछेक बहस आज हुँदैछ । सुनसरी जिल्ला अदालत शुक्रबार गिरीको बयान लिएको थियो । अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ ।
सुनसरी जिल्ला अदालतका अनुसार थुनछेकका लागि ११ जनाको वकालतनामा परेको छ । पीडित महिलाको तर्फबाट सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौला सहित ६ जनाले बहस गर्ने छन् । वादी तर्फका न्यायधिवक्ताहरुमा अनिल रेग्मी, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदी रहेका छन् ।
थुनछेक बहस छिट्टै सकिए अदालतले आजै फैसला गर्नेछ । अदालतले थुनछेक पछि गिरीको हकमा सादा तारिक, धरौटी वा पूर्पक्ष मध्ये कुनै एक आदेश दिन सक्छ । अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्ने छ । गिरीले शुक्रबार अदालत समक्ष आफुमाथि लगाइएको अभियोग उपर इन्कारी बयान दिएका छन् ।
यो छुटाउनुभयो कि ?
१ घण्टा २० मिनेटको अडियोसँगै बाहिरियो सिद्धबाबाको कर्तुत, मुद्दा फिर्ता लिन फोन गरेर दबाब !
बलात्कारको आरोप लागेका सिद्धबाबालाई हिरासतमा राख्न म्याद थप
सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया