प्रिती आलेको ‘… माया जाल’ मा धमाकेदार डान्स (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका प्रिती आलेको नयाँ गीत ‘भुत्रो माया जाल’ सार्वजनिक भएको छ । प्रिती आले र पवन रानाको स्वरमा रहेको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो । शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यस गीत सार्वजनिक गरिएको हो ।

गीतमा प्रिती आलेकै शब्द संगीत रहेको छ । गीतमा प्रिती आले र चर्चित डान्स ग्रुप ‘दी नेक्स्ट’ टिमको धमाकेदार डान्स देख्न सकिन्छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रदीप लामा र सम्पादन पवन सुस्लिङको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?