निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न

धनगढी, माग ६ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको निःशुःल्क स्थायी बन्ध्याकरण शिविरका क्रममा ५ सय ९१ जनाले स्थायी बन्ध्याकरण गराएका छन् जनस्वास्थ्य कार्यालयको एकीकृत प्रजनन् स्वास्थ्य कार्यक्रमको परिवार नियोजन कार्यक्रम अन्र्तगत बन्ध्याकरण गराइएको हो तर, स्थायी बन्ध्याकरण गराउनेहरुमा पुरुषको संख्या निकै कम छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यसवर्ष ५ सय २५ जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा ६६ जना बढीले सेवा लिएका छन् यस वर्ष विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरबाट ५ सय ९१ जनाले बन्ध्याकरण गरेका छन् । जसमा महिलाकाको संख्या बढी छ । मिलिल्याप गराउने महिलाको संख्या ५ सय ६७ छ भने र भ्यासेक्टोमी गराउने पुरुषको संख्या २४ मात्रै छ स्थायी बन्ध्याकरण गराउनेको संख्या कैलालीमा सन्तोषजनक मानिएको छ । संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख टंकप्रसाद चापागाईको भनाई छ गत वर्ष सञ्चालित शिविरहरुबाट ४ सय ९१ जनाले बध्याकरण गरेका थिए । यस वर्ष सात महिना भित्रै ५ सय ९१ जनाले बन्ध्याकरण गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले परिवार नियोजनका लागि हरेक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ । जिल्ला जनस्वास्थ्यले निःशुल्क बन्ध्याकरण सेवालाई थप सशक्त बनाएर लैजाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?