अनौठो आविष्कार : सोसल मिडियाबाट सम्बन्ध बिच्छेद हुँदा बल्छ यो बल्व !

एजेन्सी । आजभोली सोसल मिडियाका सबै कुरा इन्टरनेटमा गएर जोडिन्छ । यहाँ सम्म कि माया प्रेम जोडिनेदेखि टुट्ने सम्मका कुराहरु इन्टरनेटको माध्यामबाट हुने गर्छन् ।

तर यो फास्ट फरवार्ड लाईफमा प्रेमिल जोडीहरुको माया पनि छिटै हुन्छ र सम्बन्ध पनि चाँडै सकिन्छ । सम्बन्ध सकिने बित्तिकै मानिसको हृदयको बत्ति बन्द हुने गर्छ ।

तर अब भने सम्बन्ध सकिएर निराश होइन हाँसेर बस्न सकिने भएको छ ।

जापानकी महिला युट्युबर मरिना फुजिवाराले एक अनौठो आविष्कार गरेकी छन् । उनले एउटा यस्तो बल्वको आविष्कार गरेकी छिन् जो न त करेन्टबाट बल्छ न त अन्य एनर्जीबाट नै । उक्त बल्व तब मात्र बल्छ जब कोहि प्रेमीहरुको सम्बन्ध बिच्छेद हुन्छ ।

बल्व त्यतिबेला मात्र बल्छ जुनबेला सोसल मिडियामा कसैको सम्बन्ध सकिन्छ । महिलालाई यो अनौठो आइडिया दिमागमा आयो र उनले बल्वको आविष्कार गरेकी थिइन् ।

उनले यो बल्वको आविष्कारसँगै विश्वमा यो अनौठो सन्देश पनि दिएकी छन् कि कसैको ब्रेकअप भयो भने उसले निराश हुन अवश्यक छैन ता कि खुसीका साथ बाँच्न सिक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?