१३ मङ्सिर २०७८, सोमवार

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

२०७४,भाद्र,३०,शुक्रवार ०८:२९

0
Shares

भीमदत्तनगर, ३० भदौ ।विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन ।प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए ।गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो ।चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन । हत्यामा संलग्न अधिकारीको घरमा आज स्थानीयवासीले तोडफोड गरेका छन । उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन ।अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ । चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चन्दले बताए ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७