काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटोस्थित तरकारी बजार पछाडि बम भेटिएको छ ।
शंकास्पद वस्तु देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले सेनाको डिस्पोजल टोली गुहारेको थियो । सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भएको बताएको छ । टोलीले सुरक्षित रुपमा उक्त बम डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ ।
फोहोरको थुप्रोमा बम भएको हल्ला फैलिएपछि स्थानीय त्रसित बनेका थिए ।
घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया