राष्ट्रपति भण्डारीद्वारा फुटबल खेल उद्घाटन

इटहरी, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा आजदेखि इटहरी रङ्गशालामा आयोजित स्व जननेता मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उक्त कुरा बताउनुभएको हो राष्ट्रका लागि आवश्यक स्वस्थ नागरिक तयारीसँगै अनुशासित युवा पुस्ता उत्पादन गर्नका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले यसको माध्यमबाट विश्वभर देशको गरिमा माथि उकास्न युवाप्रति राज्यले लगानी गर्न जरुरी छ भन्दै राष्ट्रपति भण्डारीले स्व जननायक मदन भण्डारी फुटबल खेलप्रति अतिलगाव राख्नु हुने नेता हुनुहुन्थ्यो भन्नुभयो राष्ट्रपति भण्डारीले जननेता स्व भण्डारीको नामबाट खेलकुदको हव बन्दै गएको इटहरीमा यति ठूलो पुरस्कार राशिको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल खेलको आयोजना हुनु पनि आफैँमा ऐतिहासिक कार्य भएकोमा पनि उहाँले जोड दिनुभयो विद्यालय शिक्षादेखि विश्वविद्यालयका पाठ्यक्रमहरुमा पनि विद्यार्थीलाई खेलप्रति आकर्षण गराउने पाठ्यक्रम आवश्यक रहेको कुरातर्फ राज्यको ध्यानाकर्षण गराउँदै स्वस्थ नागरिक उत्पादन गर्नु राज्यको ठूलो सम्पत्ती हुने कुरामा पनि सबैको विशेष ध्यान जान जरुरी हुनेमा राष्ट्रपतिले जोड दिनुभयो राष्ट्रपति भण्डारीले इटहरीमा जुन हिसाबले खेलकुदका लागि भौतिक संरचना विकास गरेर प्र्रदेश १ कै खेलकुद केन्द्र बनाउने अभियानलाई मूर्तरुप दिन जुन कोसिस भईरहेको छ यो अत्यन्तै सराहनीय भएकोमा खुशी व्यक्त गर्दै उहाँले देशको गरिमा र चिनारीको मुलवस्तु खेल नै भएकाले यसको विकासमा सबै नागरिकले पनि सकारात्मक रुपमा सोच्न जरुरी छ भन्नुभयो सोही कार्यक्रममा युवा तथा खेलकुलमन्त्री राजेन्द्रकुमार केसीले इटहरीलाई खेलकुद प्रदेश १ को महत्वपूर्ण खेलकुद शहरका रुपमा घोषणा गर्ने पूर्वसन्ध्यामा यति ठूलो पुरस्कार राशिको स्व मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल खेल हुनु गौरवको विषय भएको बताउनुभयो उहाँले राष्ट्रको गौरवसँगै स्वस्थ युवा जनशक्ति तयार गर्ने खेलकुदको मर्यादित विकास गर्ने उद्देश्यले प्रेरित भएर नै खेलकुद मन्त्रालयको स्थापना भएको औचित्य पुष्टि गर्दै उहाँले खेलकुदका विकासका लागि राज्यले पर्याप्त बजेट विनियोजन गर्न थालेको पनि जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?