सपनामा धन सम्पत्ति देख्दा मिल्छ यस्तो फल

एजेन्सी । हामी सबैले सपना देखेका नै हुन्छौँ । कहिले काहिँ हामी सपनामा निकै खुसि हुने गर्दछौँ र कहिले निकै दुःखि । विपना मा हुने अनुभव र महसुस सपनामा पनि हुन्छ ।

सपनाका फलहरुको बारेमा धेरै थाहा नहुन पनि सक्छ । सपनामा धन सम्पत्ति पैसा देखेमा वा भेटेमा के हुन्छ ? यो धरैको कौतुहलको विषय पनि हो ।

शास्त्रका अनुसार सपनामा पैसा भेट्दा जीवनमा तत्काल मोड आउने कुरा बताइएको छ । तर उक्त मोड राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यसलाई संकेत मान्न सकिने शास्त्रले बताएको छ ।

त्यस किसिमको सपना देखेमा जीवनमा छिट्टै धन वा सफलता हात लाग्ने छ । तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न नसकेमा आफुसँग भएको धनमाल हराउने कुरा शास्त्रमा उल्लेख छ ।

यदि सपनामा मा सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाई को जीवनमा आफन्तको सहयोग मिल्छ । साथै साथीहरुके साथ पनि मिल्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ ।

यदि कसैले सपनामा मणि वा रत्न देख्नु भयो भने आफ्नो भाग्य बलियो छ भन्ने बुझ्नु पर्छ । सपनामा यस्तो चिज देख्नाले सानो काम ले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?