छतबाट खसेर बालिकाको मृत्यु

काठमाडौं । घरको छतबाट खसेर ५ वर्षिय बालिकाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका–६ की अनिषा पौडेको छतबाट खसेर मृत्यु भएको हो ।

स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेको प्रहरीले जनाएको छ । छतबाट खसेर कम्पाउण्डको बारमाथि लगाइएको रडमा उनिएकी थिइन् ।

उनी झरे लगतै स्थानिय र प्रहरीले रड काटेर बालिकालाई अस्पाताल लगेका थिए । अस्पतालले बालिकालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?