स्वास्थ्य क्लिनिक स्थापनार्थ तयारी पूरा

काठमाडौं, ६ माघ । विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचारार्थ मुलुकको जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना गरी सेवा पुर्याउने आधारभूत तयारी नेपाल रेडक्रसले सम्पन्न गरेको छ ।  आपत्कालीन अस्पताल सञ्चालन प्रकृयाको निर्देशिका तयार भैसकेको र सो अनुसार खटिने प्राविधिकहरु र बन्दोवस्तीकर्ताहरुको लागि पहिलो चरणको तालिम सम्पन्न भैसकेको नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिनुभयो । यस्तो आपतकालीन सेवाको लागि नेपाल सरकारसँग सहमति पत्रमा सम्झौता भइसकेको छ । त्यस्तै क्यानेडियन रेडक्रस लगायतका विभिन्न सोसाइटीहरुबाट पहिलो चरणको खटाइको लागि परिचालन खर्च प्राप्त हुने निश्चित भैसकेकोे छ । क्यानेडियन रेडक्रसका प्राविधिक सँयोजक जुलिया इवामाले भने ।  २०७२ को भूकम्पको समय देखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता हो । अन्तिम चरणको तालिम समाप्त र फिल्ड अभ्यास सञ्चालन यसैक्रममा, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयँसेवकहरुले गत सोमबारदेखि चितवनमा ५ दिने तेस्रो तथा अन्तिम चरणको तयारी तालिम हिजो पूरा गरेका छन् । र, हिजै बेलुकीदेखि फिल्ड अभ्यासमा जुटेका छन् । ३ दिन सम्म सञ्चालन हुने फिल्ड अभ्यासको क्रममा मोडल अस्पताल, पाटन अस्पताल र बीर अस्पताल, न्याम्सका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, नेरेसकोका कर्मचारी तथा स्वयँसेवकहरुले विभिन्न चरणको तालिमको क्रममा सिकेका विषयहरुलाई कृतिम घटना अभ्यास प्रदर्शन गरे । कार्यक्रममा २९ जना मुख्य सहभागीहरु, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयँसेवकहरुको सहभागिता थियो । फिल्ड अभ्यासको पहिलो दिन हिजो क्लिनिक सञ्चालनको लागि विरामी प्रारम्भिक परिक्षण गर्ने स्थान, शौचालय सहितको आपत्कालीन बेड रुम, ओपिडि कक्ष, स्टाफ रुम, फार्मेसी जस्ता सेवाको लागि पूर्वाधार खडा गरिएका थियो । त्यस्तै जेनेरेटर, पानी लगायत वन्दोबस्तीको तत्काल व्यवस्था गरी घाइतेको उपचार हिजो देखि सुरु गरिएको थियो । दोस्रो दिनसम्म विभिन्न किसिमका ६५ वटा विरामीहरुको परिक्षण अभ्यासको गरिएको छ । विपदको अवस्थामा हुन सक्ने स्वास्थ्य समस्याहरुलाई लिएर विरामीहरुको चाप आज वढेको सहभागी टीम लिडर शुरक्षा पौडेलले घटना अभ्यास स्थलबाट जानकारी दिए । आजै मुख्य घटनाहरुको अभ्यास समाप्त हुदैछ । त्यसको समीक्षा र थप अभ्यास भोली पनि जारी रहनेछ । रेडक्रसको अन्तर्राष्ट्रिय महासँघको एशिया प्यासेफिक क्षेत्रकाको अर्डिनेटर क्याम (Ms.kym Blechynden), फिलिपिन्स रेडक्रसका एल ( Al-Azanereech R. Madale। र फ्लोरिआन Florianne E. Adlawan, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन (Dr. Debastein Lynch र जुलिया लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकहरुले फिल्ड अभ्यास सहजीकरण गरिरहनुभएका नेरेसोका क्लिनिक कार्यक्रम सँयोजक रश्मि श्रेष्ठले जानकारी दिए। कार्यक्रमको सान्दर्भिकता : चितवनमा सञ्चालित आपत्कालीन स्वास्थ्य क्लिनिकको फिल्ड अभ्यासमा नेपाल सरकार, रेडक्रसलगायत विभिन्न निकायहरुको उच्च स्तरीय टोलीले आज अवलोकन र निरिक्षण गरेको छ । सहजीकरण तथा अनुगमनका लागि कार्यक्रममा आउनुभएका नेपाल सरकार, स्वास्थ्य मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख डा. भेषराज पोखरेलले भने,  नेपालमा जतिबेला पनि आउन सक्ने विपद्को परिस्थितिलाई ध्यानमा दिई नेपाल सरकारले पनि आकस्मिक टोलीको कन्फरेन्स गरिसकेको सन्दर्भमा रेडक्रसबाट गरेको यो सिमुलेसन अभ्यासको सान्दर्भिकता वढ्दो छ । यसले मुलुकको विपद प्रतिकार्य क्षमता वढाएको छ । बीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सुखेन्द्र पुरुष ढकालले सिमुलेसन अभ्यास कक्ष निरिक्षण पश्चात यस्तो अभ्यास यस अघि नै हुनु पर्ने आफूले महसुस गरेको बताउँदै नेपालको स्वास्थ्य क्षेत्रमा आकस्मिक स्वास्थ्य क्लिनिकको ठूलो महत्व रहने धारण व्यक्त गरे । २०७२ सालको भूकम्प पश्चात विभिन्न साझेदारसँगको सहकार्यमा आपत्कालीन अस्पतालमार्फत ६००० वढीको उपचार भएको अनुभवले नेपाल रेडक्रसले यस्तो आपतकालीन स्वास्थ्य सेवाको क्षमता वढाउनुपर्छ भन्ने सोँचले कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले जानकारी दिए । तालिम तथा फिल्ड अभ्यासमा टेक्निसियनको भूमिकामा रहनुभएका सहभागी सुभेच्छा मानन्धरले भने,  तालिम र अभ्यासको क्रममा हामीले व्यवहारिक कुराहरु सिकेका छौँ । पानी, विजुली र उपकरण स्थापनाको ज्ञान र सीप रमाइलो तरीकाले लिइरहेका छौँ । भोली सञ्चालन हुने अभ्यास कार्यक्रमको अन्तिम मुल्याँकन र समीक्षाको लागि रेडक्रसको अन्तर्राष्टिय महासँघका नेपाल प्रमुख जुजा किम ( Juja Kim )नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष अजीत शर्मा, महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, विपद् व्यवस्थापन समितिका सभापति मनोज कुमार थापा, भुकम्प प्रतिकार्य प्रमुख उमेश ढकाल, कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसी लगायत अष्टेलियन रेडक्रस, अमेरिकन रेडक्रसका प्रतिनिधिहरु आजै कार्यक्रम स्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?