सलमान खानको आज जन्मदिन, कति वर्ष पुगे ?

एजेन्सी । बलिउडका सफल नायक सलमान खानको आज जन्मदिन परेको छ । उनी आजबाट ५४ वर्ष लागेका छन् । उनले भाई सोहेल खानको घरमा ५४ जन्मदिवस मनाएका छन् ।

जन्मदिनको अवसरमा उनका आफन्त, फ्यान तथा बलिउडकर्मीले शुभकामना दिएका छन् । सलमान खानको ५४औँ जन्मदिन भाई सोहेल खानले मनाई दिएका हुन् । सोहेलले आयोजना गरेको जन्मदिनको कार्यक्रममा केही कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

खानको जन्मदिनमा नायक साहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । १९६५ डिसेम्बर २७ मा जन्मिएका खान बलिउडका सफल नायकको रुपमा चिनिन्छन् । उनले, अभिनय गरेको चलचित्र ‘दबंग ३’ अहिले हलमा चलिरहेको छ ।

उनले बैनी अर्पिताका छोरा आहिललाई बोकेर केक काटेका छन् । केक काट्दा उनका बुबा सलीम खान र आमा सलमानाले पनि केक काटेका छन् ।

साथै उनले फिल्म दबंग ३ को टिमसँग पनि केक काटेका छन् ।

बहिनी अर्पिताले सलमानको जन्मदिन स्पेसल बनाउँनका लागि आजकै दिन अर्को वच्चालाई जन्म दिँदै छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?