सिद्धार्थ बैंकको सुविधाः अनलाइन बाटै विदेशी मुद्रा माग गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुलाई नयाँ सुविधा थप भएको छ । यसै क्रममा बैंकले सस्तो टिकटसँग सहकार्य गरेर अनलाईन मार्फत मुद्रा समेत माग गर्न सकीने भएको छ । बैंकका ग्राहकहरुले नयाँ सुविधा अन्तर्गत सस्तो टिकटमार्फत अनलाइन टिकट खरिद गरि त्यहि प्ल्याटफर्ममार्फत सजिलैसँग विदेशी मुद्रा समेत साट्न सकिने भएको छ ।

सस्तो टिकट मार्फत माग गरिएको विदेशी मुद्रा, कार्ड वा नगद, बैंकले तोकेको शाखाहरु मध्ये सहज हुने शाखा मार्फत सेवा लिन सकिनेछ ।
बैंकिङ कारोबारको समयभित्र नै विदेशी मुद्रा वा कार्ड संकलन गरिने भएकाले पनि समय समेत बचत हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा मुलुकभर १७६ शाखा (४ एक्स्टेन्सन काउन्टरसहित) मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?