प्रिमियर लिग : लेस्टर सिटीमाथि लिभरपुलको सहज जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीमाथि सहज जित हात पारेको छ ।

बिहिबार भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । लेस्टरमाथि जित हात पारेसँगै लिभरपुलले लिगमा १३ अंकको अग्रता लिएको छ ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई, जेम्स मिल्नर र अलेक्जेन्डर अर्नोल्डले समान एक-एक गोल गरे ।

खेलको ३१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । मिल्नरले ७१ र ७४ औं मिनेटमा ७४ औं मिनेटमागोल गरे । त्यस्तै, अर्नोल्डले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

लिगको शीर्ष स्थानको लिभरपुलको ५२ अंक भएको छ । लेस्टरको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?