चीनको अर्काे चमत्कार, बनायो अन्तरिक्ष यान जस्तै एयरपोर्ट

एजेन्सी । चीन इन्फ्रास्ट्रक्चरमा कति अगाडि पुगिसकेको छ यो त हामीलाई थाहा नै छ । यदि थाहा छैन भने पनि यो एयरपोर्टको डिजाइन हेरेर सहजै अनुमान लगाउन सकिन्छ ।

यो एयरपोर्ट यस्तो देखिन्छ मानौँ यो एयरपोर्ट नभएर अन्तरिक्ष यान हो । साथै यो एयरपोर्टलाई आम मानिसहरुले अन्तरिक्ष यान मानिरहेका छन् ।

स्टारफिस आकारको यो एयरपोर्ट अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।  चीन राष्ट्रपति शि जीन फिङले बुधवार एयरपोर्ट उद्घाटनको घोषणा गरेका थिए ।

यो एयरपोर्ट ११ अर्ब डलर लागतमा निर्माण गरिएके हो । यो एयरपोर्ट लगभग १७३ एकड क्षेत्रफलमा निर्माण भएको छ । अर्थात् यो एयरपोर्ट ९८ वटा फुटवल मैदान बराबर क्षेत्रफलको छ ।

चीनियाँ सरकारले उक्त एयरपोर्टबाट २०४० सम्ममा लगभग १० करोड यात्रीको उडान भर्ने अनुमान लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?