ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीचको खेल ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुनेछ । त्यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आर्मी र शेर्पा क्लब मध्यान्न १२ बजे हुँदैछ।

यस्तै, पुलिस र सरस्वतीको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ।

त्रिभुवन आर्मीको ३ अंक छ । हिमालयन शेर्पाको २ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?