यी घरेलु तरिका अपनाउँदा मिल्नेछ खुट्टाको दुर्गन्धबाट मुक्ति

कतिपयको खुट्टा गन्हाउने समस्या हुन्छ । दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ र दुर्गन्ध आउन थाल्छ । यसले कतिपटक अप्ठेरो स्थितीसमेत निम्त्याउँछ । आज हामी तपाईंलाई यस्ता घरेलु उपाय बताउँछौं जसको प्रयोग गरेर तपाईंको यो समस्या तत्काल राहत पाउन सकिन्छ ।

नुन भएको पानी

नुन राखिएको पानीले पनि तपाईंको पसिनाको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । यसले छालालाई सुख्खा बनाउँछ र पसिना आउनबाट रोक्छ । एउटा भाँडोमा तातो पानी राखेर त्यसमा नुन मिसाउनुहोस् । नियमित रुपमा नुन राखिएको मनतातो पानीमा २० देखि ३० मिनेटसम्म डुबाएर राख्नुहोस् ।

एप्पल साइडर भेनेगर

मनतातो पानीमा एप्पल साइडर भेनेगर राखेर खुट्टालाई केही बेरसम्म त्यसमा राख्नुहोस् । त्यसपछि खुट्टालाई राम्रोसँग पुछ्नुहोस् र जुत्ता लगाउनुहोस् । हप्तामा दुईपटक यसो गर्नुहोस् ।

साबुनले धुनुहोस्

अफिसबाट फर्किएपछि दैनिक खुट्टालाई साबुनले मनतातो पानीले धुनुहोस् । यस्तो गर्दा दुर्गन्ध पैदा गर्ने जिवाणु नष्ट हुनेछ ।

चियापत्ती राखिएको पानी

पानीमा चियापत्ती राखेर थोरै उमाल्नुहोस् । जब पानी हल्का तातो भएपछि त्यसमा खुट्टालाई आधा घण्टासम्म डुबाउनुहोस् । घर फर्किएपछि दैनिक यस्तो गर्नुहोस् यसले पनि तपाइलाई धेरै पाइदा पुग्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?