तिलरि भन्दै मकैको खोया कसलाई दिए आस्मानले

काठमाडौं, ६ माघ । गायक आस्मान लोप्चनले आफ्नो चौथो गित खान्दोके सेलो ‘तामाङको हुल उठेउ’ गितको भिडियो सार्वजानिक गरेका छन् सिन्धुपाल्चोकमा तामाङ सेलो गायकको छवि बनाएका गायक आस्मान लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गितलाई बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् गायक लोप्चनकै भुमिका रहेको म्यूजिक भिडियोमा प्रितम तामाङ, रन्जिता तामाङ, आस्मा लामा र बले तामाङले अभिनय गरेका छन् सिन्धुपाल्चोकको बलेफी गाँउपालिकाको धुस्कोटमा रामेश्वर जिरेलले छायांकन गरेको भिडियोलाई दिपक तामाङले सम्पादन गरेका हुन् गायक लोप्चनले यसअघि पनि आस्याङ्कि छोरी, हिमाल पारिको गाउँ र नक्कलि गोरि ठिटि गरि ३ वटा गीत तथा भिडियो सार्वजानिक गरिसकेका छन् मौलिक परम्परा झल्किने गित भएकै कारण भिडियोमा पनि तामाङ समुदायको मौलिक परम्परालाई समेटिएर भिडियो निर्माण गरेको गायक लोप्चनले बताए तामाङ समुदायमा सैलुङ्गे जुहारि, फापरे सेलो, म्हेन्दोमाया सहित खान्दोके सेलो पनि तामाङ सेलो भित्रको एक चर्चित पाटो हो खान्दोके सेलो प्रवर्द्धन गर्नको निमित्त सदैब लागि पर्ने गायक लोप्चनले बताए https://youtu.be/0HPAbFz0HL0  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?