सावधान ! कतै जन्मदिनमा मैनबत्ती बालेर केक काट्दै त हुनुहुन्न ?

एजेन्सी । हामी जब बत्ती जान्छ तब तत्काल नै मैनबत्ती बाल्न खोज्छौँ । जन्मदिनको दिन पनि केक माथि राखेर मैनबत्ती बाल्ने र फुकेर निभाउने गरेको त हामी सबैलाई थाहा नै छ ।

जन्मदिनको दिन केक भन्दामाथि राखेर मैनबत्ती बालिन्छ र त्यसलाई केहि समयपछि फुकेर निभाइन्छ । तर मैन बत्ती बालेर फुक्नु स्वास्थ्यको लागि धेरै घातक मानिन्छ ।

क्लेमसन युनिभर्सिटीका अनुसार एक रिसर्चमा मैनबत्ती फुकेर निभाउनुको पछाडि धेरै घातक सिद्ध भएको बताइएको छ । रिसर्चले पत्ता लगाए अनुसार मैनबत्ती फुकेर निभाउँदा ब्याक्टेरीया जम्छन् र शरिरका साथै केकमा पनि गएर बस्छन् ।

उक्त ब्याक्टेरीयाहरु आँखा नदेखिने अध्ययनबाट पत्ता लागेको छ । जन्मदिनको दिन हामी काटेर केक कसैलाई पनि खान दिन्छौँ । त्यसमा मैनबत्तीबाट निस्किएका ब्याक्टेरीया गएर बसेको हुनाले मानिसहरु केक कम र ब्याक्टेरीया धेरै खाने गर्छन् ।

रिसर्चका अनुसार जन्मदिनमा केक काट्दा मैनबत्ती बाल्ने गर्नाले स्वास्थ्यका लागि अत्याधिक घातक हुने गरेको पाइएको छ । एजेन्सी

यो छुटाउनुभयो कि ?

जन्मदिनको दिन भुलेर पनि गर्दै नगर्नुस् यी काम !

कसरी मनाउँदै हुनुहुन्छ बालबालिकाको जन्मदिन ? केही नयाँ गर्ने कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?