रुपन्देही । रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया