काठमाडौं । १४ वटा मोटसाईकल सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त किर्तिपूरबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर तामाङ, रक भन्ने बिक्रम भुजेल, राजु पौडेल, सबिन तामाङ, आलु भन्ने समिर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।
अहिले सम्म ४० वटा मोटसाइकल बरामत गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया