नेपालमा पार्टी बस सञ्चालनमा आउँदै, यस्तो लाग्नेछ शुल्क

काठमाडौं । टाढाको यात्रा गर्न मात्र होइन अब पार्टी गर्नका लागि समेत पार्टी बस सञ्चालनमा आउने भएको छ । त्यस्तो किसिमको बस आगामी जनवरी दोस्रो साताबाट सञ्चालनमा ल्याइने सञ्चालकले जनाएको छ । मानिसहरु विवाह, बर्थ डे लगायत अन्य पर्वका अवसरमा पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्टहरुमा गएर मनाउने गरिएको छ । तर अब बस सञ्चालनमा आएसँगै अन्त धाउनुपर्ने बाध्यताको अन्त्य हुने सञ्चालकको जिकिर रहेको छ ।

पार्टी गर्नका लागि क्लव, होटल तथा रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उपलब्ध हुने परिकार तथा सेवा सुविधा बसभित्र नै उपलब्ध हुनेछ । जसमा सुविधा सम्पन्न बार, हाईफाई डीजे संगीत प्रणाली, छुट्टै धूम्रपान क्याबिन, डान्स फ्लोर समेत रहेको छ । त्यसको प्रयोग बापत कम्पनीले शुल्क समेत निर्धारण गरेको छ ।

जस अनुसार हप अन पार्टी राइडको प्रति व्यक्ती १ हजार निधाृरण गरेको छ । भने प्राइभेट पार्टीको ३ घण्टाको लागि ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । साथै कम्पनीका अनुसार त्यसपछि भने प्रत्येक घण्टा १ हजार, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय र त्यसपछि प्रती घण्टा १ हजार, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय र त्यसपछि प्रती घण्टा १ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै पार्टी बस नेपालले स्पेसल थिमको पार्टीको लागि भने प्रती व्यक्ती १ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

उक्त पाटृि बसले एयरपोर्ट आवतजावतका क्रममा एक तर्फीका लागि २ हजार लाग्नेछ भने दुइतर्फीका लागि ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?