ओम डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचीकृत

काठमाडौं, ६ माघ । ओम डेभलपमेन्ट बैंकको प्रतिशत हकप्रद नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । डेभलपमेन्ट बैंकले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद सेयर शुक्रबार सूचीकरण गराएको हो ओमले एनआईबिएल क्यापिटल मार्फत १० बराबर ३ कित्ता अनुपातमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गरेको थियो । बैंकले सोही सेयर शुक्रबार सूचीकरण गराएको हो एक अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात दुई अर्ब १३ करोड चुक्ता पूँजी पुगेको छ चालू आवको प्रथम त्रैमासिक अवधिमा बैंकले तीन करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?