पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

महोत्तरी, ६ माघ । शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वा्चित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ स्थानीय जनप्रतिनिधि चुनावमा निर्वा्चित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांगिँ्रदै जीवन बिताउँदै आएको बताए । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?