सहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ।

एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी, दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एन्फा कम्प्लेक्समा पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने संकटा र जावलाखेलबीचको दोस्रो खेल भने दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगको शीर्षस्थानमा पुग्न मनाङलाई आजको खेलमा बराबरी नै पर्याप्त छ । मनाङले२ खेलबाट ६ अंक बटुलेको छ । मनाङ गोल अन्तरका आधारमा मछिन्द्र भन्दा पछाडी रहेको छ ।

यस्तै ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुल्दै लिगको सातौं स्थानमा हरेको छ ।

यता, अपराजित जावलाखेलको पनि २ खेलबाट ४ अंकको रहेको छ ।

जावलाखेललाई पनि संकटाविरुद्ध जित निकाल्दै शीर्षस्थान उक्लने अवसर रहेको छ ।

संकटा लिगको आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?