२१ असार २०७९, मंगलवार

कोरीयनको सहयोगमा दोलालघाटमा विद्यालय भवन

२०७४,माघ,६,शनिवार १४:११

0
Shares

दोलालघाट, ६ माघ । ‘खुशी बाँडौ’ भन्ने नारा साथ सामाजिक क्रियाकलापमा सक्रिय सुखवती फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ कोरियाको अल माइ किड्स र वुग्यदन याथोलिक चर्चको करिब ५० लाख सहयोगमा फाउण्डेशनले ६ कोठे विद्यालय भवन र दुई कोठे शौचालय भवन बनाएको फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङले बताए साढे तीन सय विद्यार्थी अध्यनरत सो विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि उनीहरु भोटेकोशी नदी किनारमा टिनको टहारमा पढ्दै आएका थिए । अधिकांश माझी जातिका विद्यार्थी पढ्ने सो विद्यालयमा भूकम्प प्रतिरोधात्मक भवन बनेपछि पठनपाठन सहज बनेको विद्यालयका प्राचार्य अशोकचन्द्र झाले बताए अल माई किड्सका अध्यक्ष कीम योङगोक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेतीले हालै सो नवनिर्मित भवनको उद्घाटन गरे सो अवसरमा फाउण्डेशनका अध्यक्ष गुरुङ र अल माई किडसका अध्यक्ष कीमले विद्यालयलाई शैक्षिक सामग्री समेत प्रदान गरेका थिए फाउण्डेशनले एकको वेकार अर्कोको सरोकार र तपाईको पुरानो सामान अरु कसैका लागि नयाँ हुन सक्छ भन्ने मर्मकासाथ एकचोटि प्रयोग भएका सामान संकलन गर्ने, त्यसलाई प्रशोधन गरी पुनः प्रयोग गर्ने, सामानको मूल्य राख्ने र सस्तो मोलमा बेच्ने काम गर्दै आएको छ फाउण्डेशनका सचिव कमला गुरुङले भान्साका सामग्री, कपडा, जुत्ता, गमला, विद्युतीय र खेलाउने सामान दान लिएर त्यसको पुन प्रयोगयोग्य बनाएर उपयोगमा ल्याउने बताए टिसर्ट, जुत्ता, सिडीजस्ता कतिपय सामानको मूल्य १० बाट शुरु भएर अलि राम्रो सट, पाइन्टको मूल्य २०, ४०, ८० देखि २५० सम्म सामान हेरेर मूल्य राख्ने गरिएको फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङले बताए । सामाखुशी टाउनप्लानिङमा त्यसको बिक्री कक्ष राखिएको छ फाउण्डेशनले गोर्खाको थालजुङमा दिगो कृषि योजनाअन्तर्गत अलैँची एवं काठमाडौँ दक्षिणकाली टुल्कुमा टनेलमा बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्न लागेको सदस्य केशकुमारी रानाले जानकारी दिए भुइँचालो आएपछि कोरियाको ब्यूटिफुल स्टोर फाउण्डेशनसँग मिलेर प्रतिष्ठानले रसुवा, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका १३ गाविसका पाँच हजार ८०० घर परिवारलाई करिब ८० लाख मूल्य बराबरका आठ हजार सिरक वितरण गरेको थियो त्यस्तै फाउण्डेशनले कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर २७ लाखको लागतमा नुवाकोटको हिलेखर्क्स्थित गारबेँसी निमाविको भवन निर्माण गर्नुका साथै भूकम्पपीडितलाई अस्थायी टहरासमेत निर्माण गरेको उपाध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार १४:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । बसमा सवार ९

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शान्तिप्रसाद

काठमाडौं । काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह

काठमाडौं । सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६