स्त्री र पुरुष गुण एकै पटक चित्रण हुने नृत्य,अन्तर्राष्ट्रिय स्तरमै प्रख्यात

एजेन्सी । पुरुषले महिलाको भेष बनाएर गर्ने परम्परागत नृत्य इन्डोनेशियामा धेरै प्रसिद्ध छ । इन्डोनेशियाली सो नृत्य अहिले अन्तर्राष्ट्रिय स्तरमै प्रख्यात भएको छ । यस्तै भेष बदलेर नाच्ने प्रसिद्ध कलाकार रियान्तो इन्डोनेशियाको लेङ्गेर लानाङ नृत्यका प्रसिद्ध कलाकार हुन्। आध्यात्मिक कारणले नृत्य गर्न थालेको उनी बताउँछन् । उनले भनेका छन् म पैसाको लागि नाच्दिन आध्यात्मिक कारणले नाच्ने गर्छु ।

उनको जीवनीमा आधारित चलचित्र मेमरीज अफ माई बडीले अन्तर्राष्ट्रिय स्तरको ख्याति पाइरहेको छ । उक्त चलचित्र सन् २०१८ मा इन्डोनेशियाबाट अस्कर पुरस्कारका लागि मनोनीतमा परेको थियो ।

रियान्तो प्रसिद्ध भएको देखेर डाहा गर्नेको पनि कुनै कमी छैन। उनकै देशका नागरिकहरु उनी प्रसिद्ध भएको देखेर असन्तुष्ट छन्।

केहि रूढीवादी समूहहरूले उनको चलचित्रलाई प्रतिबन्ध लगाउन माग गरेका छन् । साथै उनको उक्त चलचित्रमाथि प्रतिबन्ध लगाउनु पर्ने भन्दै उनीहरुले अभियान सञ्चालन गरेका छन् ।

रियान्तो एक नृत्यक मात्र नभएर कोरियो ग्राफर समेत हुन् । उनी बन्युमास, मध्यजाभाको लेंगे र लानाङ नृत्यमा नाच्ने गर्छन् । उनी आफूलाई पुरुषको रुपमा मात्र सोच्न नसक्ने बताउँछन् ।

किनभने उनलाई पुरुषमात्र भन्दा आफ्नो शरिरलाई न्याय नभएको जस्तो महशुस हुन्छ । उनी भन्छान् हामी सबैमा पुरुष स्त्रीका स्वभावहरु हुन्छन् त्यसैले म आफूलाई कुनै एक मात्र भन्न सक्दिन ।

लेंगेर लानाङ दुुबै लिंगको झल्को दिने इन्डोनेशियाली नृत्य हो । उनले अहिलेसम्म ३० भन्दा धेरै देशमा यो नृत्य प्रस्तुत गरिसकेका छन् । पहिला पहिला यो नृत्य कृत्यमा नाच्ने गरिन्थ्यो भने सबै नर्तकहरु पुरुष हुने गर्दथे ।

यो र्नत्यमा म१चमा नर्तकले शरिरको अन्वेषण गर्ने गर्छन् । उनले भनेका छन् यो मेरो लागि उत्कृष्ट सम्मिश्रण हो । त्यसैले मैले आफ्नो शरिरमा स्त्री र पुरुष भएको देख्दिन । उनले भनेका छन् यो नृत्य मेरो लागि नृत्य नभएर जीवन हो ।

सानामा धेरैले उनलाई हेपेको भएर लेंगे लानाङ नृत्य गरेको उनी बताउछन् । आफूले केटीको जस्तो कम्मर मर्काउने भएर यो नृत्यको संरक्षण गर्नुपर्ने उनले बताउँदै आएका छन् ।

धेरै मानिसहरुले यो नृत्यलाई मन पराउने गरेको पनि उनले बताए । तर केहिले भने नर्तकहरुलाई ट्रान्स्जेन्डर मान्ने गर्छन् । साथै आप्नै देशमा पनि कुनै ठाउँ नरहेको कुरा सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?