साढे १० लाख ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । कन्सल्टेन्सीको नाममा साढे १० लाख रुपैँया ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धादिङको कटुन्जे–९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भनिने मान बहादुर गुरुङलाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

रेहाना एजुकेसन कन्सल्टेन्सी संचालक भन्दै उनले विदेश पठाइदिने नाममा साढे १० लाख ठगी गरेको उजुरी म्याग्दीको मालिका ५ का हुमलाल गुरुङले उजुरी दिएका थिए ।

उजुरीपछि महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?