कपाल बलियो र चम्किलो बनाउने घरेलु उपाय

धनियाँ :-  प्रतिदिन एक गिलास धनियाँको जुस पिउने गर्नाले कपाल झर्ने समस्या कम हुँदै जान्छ । कपालमा धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउँन सकिन्छ लसुन :-  लसुनको पेस्ट बनाएर कपालमा लगाउनाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ । कपालमा लसुनको पेस्ट लगाउदा टाउकाको रक्तसञ्चारर तीव्र हुन्छ र कपालको जरा बलियो हुन्छ प्याज :-  प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेट पछि धुनाले कपाल बलियो र चम्किलो हुन्छ । खोइरो (एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस कपालमा लगाउनु लभदायक हुन्छ गाजर :-  गाजरमा बेटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गाजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ । गाजरमा भिटामिन सी पनि पाइन्छ । जुन कपालको लागि एकदमै उपयुक्त हुन्छ । कपाललाई राम्रो बनाउनको लागि हरेक दिन एक गिलास गाजरको जुस खानु लाभदायी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?