आजको राशिफल : तपाईको आज कस्तो ? हेर्नुहोस्

ज्योतिषी दुर्गा भण्डारी । वि।सं। २०७६ पुस १० गते । बिहीबार। इ।स।२०१९ डिसेम्बर २६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने।सं। ११४० थिंलागा । पौष कृष्णपक्ष । तिथी– औंशी,१० बजेर ३५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– मूल,१७ बजेर १८ मिनेट उप्रान्त पूर्वाषाढा । योग– वृद्धि,२३ बजेर ०५ मिनेट उप्रान्त ध्रव । करण– नाग,१० बजेर ३५ मिनेट उप्रान्त किंस्तुध्न,२२ बजेर २७ मिनेट उप्रान्त बव । आनन्दादिमा धुम्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ५३ मिनेटमा, सूर्यास्त १७ बजेर १४ मिनेटमा । दिनमान २५ घडी ५० पला । स्नान–दान गर्ने, हलो बार्ने औंसी। विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण, वेत्रावती आदि तीर्थक्षेत्रमा स्नान९दान तथा श्राद्ध। गया मौनी तथा पौषी औंसी। खण्डग्रास सूर्य ग्रहण ९विहान ८ बजेर ४२ मिनेटबाट ११ बजेर ३१ मिनेटसम्म ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यस्त रहेपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । पढाइलेखाइमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : लामो खटाइको बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइलेखाइमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम ढिलो गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । विलाशी वस्तु तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछि परिनेछ । जीवनसाथीको सहयोग नपाइने हुनाले व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : कार्यक्षेत्रमा सजक हुनुहोला, आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा कमजोर भएको महसुस हुनेछ । विद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्सु देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । पढाइलेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ । घरजग्गा तथा सवारीसाधन सम्बन्धि विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजाँदा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आफन्त, छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाझिनेछ । छोटो तथा लामो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट, साहस तथा पराक्रम गर्न नसक्दा काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मिहिनेतको फल अरुले हत्याउन कोसिस गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दाबोल्दै गलत व्याख्या गरी दुस्ख दिनेहरु सक्रिय हुनेछन् । व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागि केही समय पर्खदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शंका बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : समाजसेवा तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि समय मध्यम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तर पनि सूचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै सिलसिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिने छ । तापनि विदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : कार्यक्षेत्रमा आलोचना गर्ने तथा फसाउनेहरु सक्रिय हुनेछन् । व्यापारमा प्रशस्त समय दियमात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तहरुको असहयोगले राम्रा काम गर्ने अवसर गुम्नेछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । पैत्रिक धनसम्पत्तिका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि आम्दानि कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ । पारिवारिक सम्बन्धमा चिसोपनको महसुस हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?