तपाईको यो बानी, जुन पार्टनरलाई पटक्कै मन पर्दैन

जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ । अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ ।

एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त रु यसबारे हामीले सानो टिप्स तयार पारेका छौँ ।

श्रीमतीको यी बानी जुन श्रीमानलाई पटक्कै मन पर्दैन :-

१. अरुको प्रशंसा श्रीमानसँग अरु केटी वा आफ्नो साथीको श्रीमतीको प्रशंसा गर्दा श्रीमती रिसाउँछिन् भने तपाईको यो बानी लाई पटक्कै मन पर्दैन ।

२. यौन सम्बन्धलाई हतियार बनाउनु स् कतिपय महिलाहरु यस्ता हुन्छन् आफूलाई श्रीमानसँग रिस उठेको छ भने शारीरिक सम्बन्धलाई हतियार बनाउँछन् । श्रीमतीको यस्तो बानी जुन श्रीमानलाई पटक्कै मन पर्दैन ।

३. घुमाउरो कुरा गर्ने : आफ्नो श्रीमती अर्थात् जीवनसाथीले घुमाएर कुरा गर्छन भने पुरुषहरुलाई मनै पर्दैन । उनीहरु जिम्मेवारीको बोझ र तनावमा हुन्छन् । र उनीहरु सिधा कुरा गरिदियोस् भन्ने चाहन्छन् ।

४. व्यक्तिगत कुरामा घोचपेच : व्यक्तिगत कुराहरुलाई घोचपेच गर्ने श्रीमतीको बानी पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । आफ्नो परिवारको कुरालाई लिएर झटारो हानिरहने तपाईको बानी छ, भने तपाईको जीवनसाथीलाई पटक्कै मन पर्दैन ।

५. लगातार बोलिरहने : धेरै महिलाहरुको बानी हुन्छ बोलिरहने । आवश्यक कुरा मात्र नभएर अनावश्यक कुरामा पनि कचकच गरिरहने । तर पुरुषहरु ठिक्क अर्थात् चाहिने कुरा मात्र बोलोस् भन्ने चाहन्छन् ।

६.सपिङको लत : कतिपय युवती अर्थात् महिलाहरुको बानी हुन्छ कि जे देख्यो त्यहि किनिहाल्नु पर्ने । अर्काले लगाएको देख्यो कि किनिहाल्नु पर्ने । श्रीमानसँग पैसा छ कि छैन मतलब नै नगर्ने । तर पुरुषहरु यो मन पराउँदैनन् ।

७. शंका गर्ने बानी : कोहिसँग बोलेको देख्यो कि शंका गर्ने श्रीमतीको बानी छ, भने पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । कुरा नबुझी शंका गर्ने श्रीमतीको बानी छ भने उनीहरु सहन सक्दैनन् ।

श्रीमतीलाई मन नपर्ने श्रीमानका यी बानीहरु :-

१. अरु केटीसँग तुलना : कोहि पनि केटि अर्थात् युवतीहरु पटक्कै मन पराउँदैनन्, आफूलाई अरुसँग दाँजेको । तर पुरुषहरुको बानी हुन्छ कि आफ्नो श्रीमतीलाई अरुसंग दाँज्ने ।

२.श्रीमतीको साथीबारे चासो राख्नु : श्रीमानले अरुको बारेमा या आफ्नै मिल्ने साथीको बारेमा चासो राखेको कुनै पनि महिलाले मन पराउँदिनन् । आफ्नो साथीको सकारात्मक या नकारात्मक कुनै पनि कुरामा चासो राखेको उनिहरु मन पराउँदैनन् ।

३. शंका गर्ने बानी : कतिपय पुरुषहरुको धेरै शंका गर्ने बानी हुन्छ । उनीहरु कुरै नबुझी श्रीमतीमाथि शंका गर्छन् । अरुको कुरा सुनेकै भरमा गालीगलौज गर्छन् । तर श्रीमतीलाई यस्तो बानी पटक्कै मन पर्दैन । जसले सम्बन्धमा नै खटपट पनि ल्याउँन सक्छ ।

४. पूर्वप्रेमीको बारेमा सोधखोज गर्नु : पुरुषहरुको अर्थात् श्रीमानको बानी हुन्छ आफ्नो पार्टनरको पूर्वप्रेमीबारे चाँसो राख्ने, सोधीखोजी गर्ने तर श्रीमतीलाई उनीहरुको यो बानी मन पर्दैन । युवतीहरु बितेका कुरा कोट्याउन चाहँदैनन् ।

५. लोभ गर्ने बानी भएका पुरुषहरुलाई युवतीहरु मन पराउँदैनन् ।
६. सरसफाई : महिलाको तुलनामा पुरुषहरु सरसफाईमा कमै ध्यान दिन्छन् । समय समयमा सेभिङ गर्ने, कपाल काट्ने, नुहाउने, नङ काट्ने बानी नभएका पुरुषलाई युवतीले मन पराउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?