रौतहट । बुधबार विहान रौतहटको इशनाथ नगरपालिका परिसरमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।
उक्त वम नेपाली सेनाको डिस्पोजल टोलीले करिव दुईघण्टाको प्रयासमा निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको प्रांगणमा भेटिएको उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम भएको प्रहरीले पुष्टि गरेको हो । प्रेसर कुकरमा टेप लगाएर तार र मोबाइल समेत जोडिएको बस्तु देखेपछि स्थानीयहरु त्रसित बनेका थिए ।
शंकास्पद वस्तु भेटिएपछि प्रहरीले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया