काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सीमानामा देखिएको धुँवाको ठूलो मुस्लो आगलागीबाट हुनसक्ने आशंका गरिएको छ ।
बिहानैदेखि निकै ठूलो मुस्लोसहित बीच जंगलमा धुँवा देखेपछि स्थानीयले विमान दुर्घटनाको आशंकामा प्रहरीलाई खबर गरेका थिए । तर विमान दुर्घटना नभएकाे पुष्टि भएकाे छ । त्रिभुवन विमानस्थल कार्यालयले सबै विमान सम्पर्कमा रहेको भन्दै विमान दुर्घटना नभएकाे स्पष्ट पारेकाे हाे ।
मकवानगढी गाउँपालिकाको ७ र ८ को सिंकोडा बुढीचौरको बिचको सिमानामा पर्ने बतासे भन्ने डाँडोमा निकै ठूलो मुस्लो देखेका स्थानीय कुनै अप्रिय खबर भएको हो कि भनेर त्रसित बनेका थिए ।
बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमानामा आगोको मुस्लो देखिएको स्थानीय उद्धव हुमागाईले लोकपथलाई जानकारी दिए । बिहान ९ बजेतिर आगोको मुस्लो देखिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया