काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमसडेको अवसरमा शुभकामना दिएका छन् ।
उनले आज एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
पुनको सन्देशमा भनिएको छ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल धर्मनिरपेक्ष राष्ट्र हो।
हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।
विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्दै आएको छ।
क्रिसमसडेले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीु को राष्ट्रिय आकांक्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई उर्जा प्रदान गर्ने विश्वास लिएको छु, शुभकामना सन्देशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया